• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
अन्तर्राष्ट्रिय
यमनका बिद्रोहीलाई इरानले भड्कायो :साउदी राजकुमार बिन सलमान
प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४

एजेन्सी । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् ।

उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखेका छन् । इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार गरेको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । हुथी बिद्रोहीले गत शनिबार साउदी अरबमा बुरकान एचटु मिसाइल प्रहार गरेका थिए । पछिल्लो समय यमनको मामिलालाई लिएर इरान र साउदीबीचको सम्बन्धमा दरार आएको छ ।

Comments