• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
अन्तर्राष्ट्रिय
हत्याको षडयन्त्र भएको भन्दै लेवनानका प्रधानमन्त्रीद्वारा राजीनामा
प्रकाशित मिति: आइतबार, कार्तिक १९, २०७४

एजेन्सी । लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएका छन् ।

आफूलाई ज्यानको जोखिम रहेको भन्दै उनले राजीनामा दिएको बीबीसीले लेखेको छ ।उनले साउदी अरबबाट टेलिभिजन सम्वोधन गर्दै राजीनामा घोषणा गरे जसलाई अप्रत्याशित भनिएको छ ।

उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् ।

सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै उनले भनेका छन्- मलाई निशाना बनाउनका लागि गुपचुप तरिकाबाट योजना बनिरहेको छ ।

साद अल हरिरी गत वर्ष नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए ।

सम्वोधनको क्रममा उनले इरान समर्थक शिया हिजबुल्लाह र इरानको आलोचना गरेका थिए । साउदी अरेबिया इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।

Comments