• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
साना किसान कृषि सहकारीले जनप्रतिनिधीहरुलाई गर्यो सम्मान
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०७४

दमक १८ कार्तिक । कमलगाउँपालिका वडा नं. ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आज जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । 

संस्थाको चौथो वार्षिक उत्सवका अवसरमा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक बेनुप्रसाद शिवाकोटी तथा साविक लखनपुरबाट निर्वाचित वडाध्यक्षहरु डम्बर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपती राई तथा सदस्यहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष हरीमायाँ मैनालीले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थामा २ सय १५ ओटा समुहका १ हजार ३ सय ५९ जना महिला शेयर सदस्य रहेको जनाईएको छ ।

महिलाहरु मात्र आवद्ध सहकारी संस्थाले वचत तथा ऋणको कारोवारका साथै बिभिन्न आयमूलक कार्यमा महिलाहरुलाई प्रेरीत गर्दै आएको संस्थाका प्रवन्धक टंकप्रसाद पराजुलीले बताएका छन

Comments