• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
अन्तर्राष्ट्रिय
न्यूयोर्कमा आतंककारी आक्रमण गर्नेलाई मृत्युदण्ड दिन राष्ट्रपति ट्रम्पको माग
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०७४

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् ।

यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो हुने भन्दै उनले मृत्युदण्डको वकालत गरेका हुन् । साइपोभले भने न्यूयोर्कमा आक्रमण गर्दा आफूलाई निकै आनन्द आएको र अझै बढी मानिस मार्ने आफ्नो चाहना रहेको प्रहरीसँग बताएका छन् ।

बुधबार गरिएको आक्रमणमा ८ जना बटुवाको मृत्यु भएको थियो भने । अन्य ११ जना घाइते छन् । मृत्यु हुनेमा पाच जना अर्जेन्टिनी नागरिक थिए । प्रहरीले आक्रमणकारी आईएससंग प्रभावित व्यक्ति भएको जिकीर गरेको छ ।

एक वर्षदेखि आक्रमणको योजना बनाइरहेका साइपोभको तीन बालक पनि रहेको पनि बताइएको छ । २९ वर्षीय उज्वेकिस्तानका आप्रवासी साइपोभमाथि जानाजान ट्रक जोताएको र इस्लामिक अतिवादी समूह आईएसलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ । 

Comments