मुगु १७ कार्तिक । नेपालको अति विकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा बृद्घि भएको छ ।
जिल्लाको गम, करान, सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबाली कोदो, मकै ,जौ, फापर, कागुनो, चिनो, मार्साे, गहुँ, धान, नाफल लगायतका अन्न बालीहरुको उत्पादनमा बिगतका बर्षहरु भन्दा यो बर्ष उत्पादनमा बृद्घि हुने देखिएको हो ।
गत बर्षहरुमा समयमा पानी नपर्ने तथा खडेरीका कारण भोकमारी हुने गर्दथ्यो । तर यस बर्ष समयमा नै आकाशे पानी परेको र जिल्ला कृषि बिकास कार्यालयबाट उपलब्ध गराउर्ने अन्न बालीको बिउँ राम्रो भएको हुँदा यो बर्ष बर्षे अन्न बालीमा राम्रो भएको सोरु गाँउपालिका धैनकोट गाँउकी कृषक रचना मल्लको भनाई छ ।




