• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
दमक क्याम्पसमा यसै शैक्षिक सत्रबाट बिएसडब्लु (BSW) को अध्यापन शुरु
प्रकाशित मिति: बिहीबार, कार्तिक १६, २०७४

दमक १६ कार्तिक । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रबाट ब्याचलर अफ सोशियल वर्कर (बिएसडब्लु) को अध्यापन शुरु हुने भएको छ । 

संभवत पूर्वाञ्चलमा नै पहिलो पटक त्रिभुबन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेपछि दमक बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रबाट (बिएसडब्लु) बिषयमा अध्यापन शुरु गर्न लागेको दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईले जानकारी दिनुभयो । 

विद्ययार्थीहरुको निकै रोजाईको बिषय बन्दै गएको (बिएसडब्लु)मा पहिलो वर्ष करिब १ सय जना विद्यार्थीलाई भर्ना गरिने गरि क्याम्पस प्रशासन र ब्यवस्थापनका बिच छलफल हुने भएको छ । दमक क्याम्पसबाट अध्यापन शुरु हुन लागेको (बिएसडब्लु) विषय विद्यार्थीहरुका लागि निकै उत्साहि बनाएको दमक क्याम्पसका स्ववियु सभापति विनोद चापागाईले बताउनु भयो ।

यस अघिसम्म सो बिषय अध्ययनका लागि काठमाण्डौबाट मात्र सुबिधा प्राप्त हुदै आएको थियो । चार वर्षको अध्ययन पछि यो विषय अध्ययन गर्ने विद्यार्थीहरुले त्रिभुबन विश्व विदयालयमा सोहि विषयमा माष्टर डिग्री गर्न सक्ने जनाइएको छ । 

Comments