• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
खेलकुद
उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको फुटबल सुरु
प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०७४

नवलपरासी १५ कार्तिक । नवलपरासीमा काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियायोगीता शुरु भएको छ ।

प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले दुई लाख ५० हजार ५५५ रुपैया पुरस्कार पाउनेछन् ।

देशविदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता आयोजना  गरिएको आयोजक नन्द भाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले  आयोजना गरिएको सो प्रतियोगीता सन्चालन गरिएको अखिल नेपाल फुटवल संघ –(एन्फा )का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी  दिनुभयो  । वन मन्त्रालयको १० लाख र खेलकुद मन्त्रालयको १५ लाख सहित विभिन्न संघसंस्था तथा स्थानीय व्यापारीहरुको सहयोगमा प्रत्येक वर्ष  प्रतियोगिता संचालन हुदै आएको छ । 

Comments