• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
झापामा हात्तीको आक्रमणबाट मृत्यु
प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०७४

 भद्रपुर १५ कार्तिक ।  भद्रपुर नगरपालिका १० का ३७ बर्षीय दुर्गाबहादुर कटुवालको हात्तीको आक्रमणबाट हिजो साँझ मृत्यु भएको छ ।

हात्ती लखेट्ने क्रममा कटुवालको मृत्यु भएको हो । हात्तीले उनलाई सुडले पछारेको थियो । घाइते भएपछि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चारआली जंगलबाट निस्केका चारवटा हात्ती गाउँ पसेपछि स्थानीयले लखेट्ने प्रयास गरेका थिए । सोही क्रममा कुटवाललाई हात्तीले जंगल छेऊमा आक्रमण गरेको चन्द्रगढी सामुदायिक वनका अध्यक्ष हीरा पोखरेलले जानकारी दिनुभयो ।

हात्तीले स्थानीय चन्द्रवती चौधरी, धु्रव कार्की, तारा चम्लागाईं, अनिल राजवंशी, नारायण दाहाल, लगायतको २५ विगाहमा लगाइएको धान नष्ट गरेको छ । हात्ती नजिकैको जंगलमा दिनभर वस्ने र बेलुका भएपछि गाउँ पस्ने गर्नाले त्यस क्षेत्रमा चारवटा हात्तीले उपद्रो मच्चाउँदै आएका छन् ।

Comments