• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु
प्रकाशित मिति: मंगलबार, कार्तिक १४, २०७४

दमक १४ कार्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी १० मा बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्व आउदै गरेको ना ६ ख ७२१९ नंबरको बसले पैदल यात्री झापा कमल गाउपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साझ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments