दमक १४ कार्तिक । झापाको दमक २ स्थित सत्येहाङ् कोलनीमा आज विहान एक युवतीको शब फेला परेको छ ।
सोही स्थानकी झुमा विककी अन्दाजी १७ वर्षिया छोरी देवी विकको शब पैनीमा डुबेको अवस्थामा फेला परेको हो ।
हिजो दिउसो देखि हराईरहेकी विकलाई पैनीमा डुबेको अवस्थामा स्यानियले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भईरहको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीका ३२ वर्षिय तिलक दाहालको पनि मृत्यु भएको छ । बेलुका सामान्य अवस्थामा सुतेका दाहाललाई विहान ३ बजे तीर अचेत अवस्थामा पाएपछि दमकको लाईफलाईन अस्पतामा उपचारकालागि ल्याइएको थियो ।
उपचारका क्रममा दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।



