दमक १२ कार्तिक । पछिल्लो समय प्लाष्टिक जन्य बस्तुहरुको प्रयोग बढ्दै गएको छ । प्लाष्टिकबाट निर्माण गरिएका सामाग्रीहरु सस्तो छरितो र आर्कषक हुने भएकाले पनि यस्ता समाग्रीहरुमा सर्वसाधारणहरुको आर्कषण बढ्दै गएको पाईन्छ । सवै वर्ग क्षेत्र र समुदायका मानिसहरुले यस्ता सामाग्रीहरु बढि नै रुचाउने गरेका छन ।
गाउ होस या शहर अहिले जता जतै प्लाष्टिबाट निर्माण गरिएका सामाग्रीहरुको प्रयोग बढ्दै गएको छ । घरको भान्सा कोठा देखि कार्यालय अनि अस्पताल देखि मठ मन्दिर सम्मपनि यस्ता सामाग्रीहरु उपयोगी बन्दै आएका छन । तर प्लाष्टिक जन्य सामाग्रीहरुले पर्यावरण र मानव स्वास्थ्यमा पार्ने प्रभाबका बारेमा राम्रो ज्ञान नहुदा अहिले पनि यस्ता सामग्रीहरुको माग बजारमा बढि नै रहेको छ ।
प्लाष्टिकबाट बनेका सामाग्रीहरु सस्तो, सुलभ र आर्कषक हुने भएकाले पनि यस्ता समाग्रीहरु प्रति सर्वसाधरणहरुको आर्कषण बढ्दै गएको पाईन्छ ।
दैनिक रुपमा आवश्यक पर्ने घर भान्सा देखी स्वास्थ्य सेवा प्रदायहरुसम्म पनि यस्ता सामाग्रीहरुको उपयोग बढ्दै गएको छ । मुल्य कम, चलाउन छरितो, अनिक आर्कषक समेत हुने भएकाले यस्ता समाग्रीहरु प्रति सर्वसाधरणहरु आकर्षित हुने गरेको पाईन्छ ।
तर पर्यावरणिय तथा जिव र मानव स्वास्थ्यका लागि समेत यस्ता सामाग्री तथा बस्तुहरु निकै हानिकारक मानिन्छ । विभिन्न सभा समारोहहरुमा समेत यस्ता बस्तुहरुको अधिक प्रयोगले मानविय स्वास्थ्यमा नकरात्मक असर पार्ने चिकित्सकहरुको भनाई रहेको छ ।
हेर्दा प्लाष्टिक जन्य सामाग्री तथा बस्तुहरु जति आर्कषक देखिन्छन यसले जिवन र जगतलाई त्यतिनै नकारात्मक असर पारि नै रहेको छ । यस्ता बस्तुहरुको उपयोग बढ्नु मानव स्वास्थ्यकालागि हानिकारक मानिएको छ ।
भिडियो हेर्नुहोस



