• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
सहमति भयो तर निषेधाज्ञा हटेन,जनजीवन प्रभावित (भिडियो रिपोर्ट )
प्रकाशित मिति: आइतबार, कार्तिक १२, २०७४

झापाको विर्तामोडमा शुक्रबार दिउँसो १:३० बाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ । 

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो । 

शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको निषेधाज्ञा भने जारी छ । 

निषेधाज्ञाका कारण विर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ । आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने विर्तामोड क्षेत्रका विद्यालय , क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् । 

विर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर पु¥याइएको छ । उनलाई हिजो विराटनगरबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । उनको पेट र हातमा गोली लागेको थियो । 

यता विर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचाररत् अन्य पाँच जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । 

Comments