• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
अन्तर्राष्ट्रिय
सोमालियामा बम विस्फोटमा परी कम्तिमा २३ जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, कार्तिक १२, २०७४

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ  भने ३० भन्दा धेरै घाइते भएका छन् ।

तीन सय ५० जनाको मृत्यु हुने गरी दुई हप्ताअघि भएको बम विस्फोटपछि फेरि मोगादिशुमा विस्फोट भएको हो । मोगादिशुमा रहेको एक होटलमा भएको पहिलो विस्फोट कार बम हो ।

विस्फोटपछि बिद्रोहीले थप आक्रमण गरेका थिए । यस्तै पुरानो संसद भवन नजिक दोस्रो विस्फोट भएको हो । दुवै विस्फोटमा गरी कम्तिमा २३ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

इस्लामिक बिद्रोही संगठन अल–शबाबले विस्फोटको जिम्मेवारी लिएको छ । दुई हप्ताअघि भएको विस्फोट पनि अल–शबाबले नै गराएको सरकारी अधिकारीले बताउँदै आएका छन् ।

तर त्यो विस्फोटको जिम्मेवारी भने अल–शबाबले लिएको छैन । अल–कायदा सम्बद्ध अल–शबाबले १४ अक्टोबरमा भएको विस्फोटको जिम्मेवारी अस्वीकार गर्दै आएको छ । 

Comments