धादिङ १० कार्तिक । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने दुई पुरुष काठमाण्डौका सलिन तुलाधर र रामेश्वर सिलवाल रहेका छन् ।



