भोजपुर ७ कार्तिक । समयमा कर्मचारीले विवरण नबुझाउदाँ पुर्वी पहाडी जिल्ला भोजपुरमा सामाजिक सुरक्षाकोष भत्ता पाउनबाट सेवाग्राहीहरु बञ्चित भएका छन् ।
घटस्थापना आउनु १५ दिनु अगावै वितरण गरिसक्नु पर्ने भएपनि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका कर्मचारीहरुको लापारवाहीले समयमा विवरण नबुझाएपछि रकम निकासा नहुदाँ सामाजिक सुरक्षा भत्ता पाउनबाट सेवाग्राहीहरु बञ्चित भएका हुन् ।
कर्मचारीले विवरण नबुझाउदाँ एकल महिला, बृद्धबृद्धा अपांगता भएका र दलितको सामाजिक सुरक्षा भत्ता समयमै नपाउँदा सेवाग्राहीहरुलाई समस्या परेको छ ।
२ नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेको भोजपुरमा सामाजिक सुरक्षा भत्ताका ३० प्रतिशत सेवाग्राहीले भत्ता अझै पाएका छैनन् ।
कर्मचारीले विवरण नबुझाउँदा रकम निकासा नै रोकिएको थियो । साउनदेखि कार्तिकसम्मको पहिलो चौमासिक अहिलेसम्म पनि वितरण गर्न नसक्दा जनप्रतिनिधिहरुलाई समेत सेवाग्राहीले सताउन थालेका छन् ।




