• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
स्वास्थ्य
डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु
प्रकाशित मिति: बुधबार, कार्तिक ८, २०७४

बिर्तामोड ८ कार्तिक । डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाकी ३५ वर्षीया सुनिता बरालको उपचारका क्रममा मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले समयमा उपचारको पहुँचमा पुग्न नसक्दा ती महिलाको मृत्यु भएको बताउनुभएको छ ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर बेदप्रसाद घिमिरेले तिहारअघि ८१ जना संक्रमित भेटिएकोमा अहिले संक्रमित हुनेको सङ्ख्या ३ सय ४१ जना पुगेको जानकारी दिए । जनस्वास्थ्य कार्यालयको टोलीले दुई दिन लगाएर झापाका सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेंगु संक्रमित बिरामीको तथ्यांक संकलन गरेको थियो ।

डेंगु संक्रमितमध्ये करिव तीन सय विर्तामोड नगरपालिकाभित्रकै छन् । झापामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयले सर्वसाधारणमा अपिल गरिरहेका बेला एक सातायता डेंगु संक्रमित विरामीको संख्या अस्वाभाविकरुपमा बढेको हो ।

डेंगुको प्रकोप फैलिएपछि विर्तामोड नगरपालिकाले सबै वडामा अविलम्व नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको छ । प्रकोप नियन्त्रणका लागि नगरपालिकाले पर्चा वितरण, माईकिङ, औषधि छिट्ने र बजार छेउछाउमा राखिएका पुराना टायर नष्ट गर्न थालेकोे विर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार सिवाकोटीले जानकारी दिनुभएको छ । 

Comments