• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
स्वास्थ्य
दमकको आम्दा अस्पतालमा आइसियु सेवा सुरु
प्रकाशित मिति: आइतबार, कार्तिक ५, २०७४

दमक  ५ कार्तिक । झापाको दमकस्थित आम्दा अस्पतालमा आज आइसियु कक्षको उद्घाटन तथा सेवा सुरु गरीएको छ । 

नेपालका लागी जापनिज राजदुत मसासी ओगवाले एक कार्यक्रमका बिच आइसियु कक्षको उद्याटन गर्नु भएको हो । छ शैया सहितको आई सि यु कक्ष आजैदेखी औपचारीक रुममा संचालनमा आएको छ ।

जापानी राजदुताबासको करीब एक करोड तथा आम्दा अस्पतालको एक करोड रुपैयाको सहयोगमा आईसियू भवन निर्माण भएको आम्दा अस्पतालका अध्यक्ष योगेन्द्र प्रसाद सिहंले जानकारी दिनुभयो । दुई वर्ष अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्नुभएको सिफारिसका आधारमा आम्दा अस्पताल दमकमा आइसियू सुबिधाका लागि सहयोग गर्न जापान सरकार तयार भएको राजदुत मसासी ओगावाले बताउनु भयो । 


 
उद्धघाटनकै दिन एक जना बिरामीलाई आइसियूमा भर्ना समेत गरिएको आम्दा अस्पताल दमकका अध्यक्ष योगेन्द्र प्रसाद सिहंले बताउनु भयो । साथै आजै आम्दा अस्पतालले दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल र आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. नविन ढकाललाई सम्मान समेत गरिएको थियो ।

मेचि अंचलमानै सबैभन्दा बढि प्रसुति गराउदै आएको यस अस्पतालमा यस अघि आइसियु सेवा नहुदा विरामीहरु सो सेवा लिनबाट बञ्चित हुदै आएका थिए ।

Comments