• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
बिजनेस
अलैँची : न दाम, न रोगको पहिचान
प्रकाशित मिति: आइतबार, कार्तिक ५, २०७४
तेह्रथुम, २ कार्तिक । तेह्रथुम  लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् । 

शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताउनुभयोे । “३३ वर्ष भयो अलैँची खेती गर्न थालेको, दुई वर्ष भयो रोग देखापरेको तर पत्ता लगाउन सकिएन” खनालले भन्नुभयो । “जिल्ला कृषि विकास कार्यालयबाट पनि रोगको पहिचान हुन नसकेपछि धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र पठाइयो त्यहाँबाट पनि रोग पत्ता लगाउन नसकेपछि अहिले भारत पठाएका छौँ” । 

यस क्षेत्रमा १५ जनाले १५० रोपनी जमिनमा अलैँची खेती गर्दै आएकामा रोगको पहिचान नभएपछि आजित भएको उनीहरूको दुखेसो छ । 
अघिल्लो वर्षमा प्रतिमन (४० केजी) रु एक लाख दश हजारसम्ममा बिक्री भएकोे अलैँची अहिले भने अन्तरराष्ट्रिय स्तरमा माग घटेपछि रू ३० हजारभन्दा माथि उक्लिएको छ्रैन । एकातिर बजार भाउ छैन अर्कोतिर रोगले बगान नै रित्तिने पिर थपिएको छ अध्यक्ष खनाल भन्नुहुन्छ, “राज्यबाट रोगको नाम र औषधि पत्ता लाग्न सके हामीलाई राहत मिल्ने थियो ।” 

जिल्ला कृषि विकास कार्यलयका अलैँची बगान पुरानो भएको र पुराना अलैँची बोट मासेर नयाँ बिरुवा लगाउनुपर्ने प्रविधिक हरिगोपाल आचार्यले बताउनुभयो । अलैँचीको जरा, पातको पानी झर्ने भागभन्दा टाढा नजाने र चार इन्चभन्दा गहिराइमा नजाने भएको र मलजल गर्ने तरिकासम्बन्धी पर्याप्त ज्ञान कृषकमा नभएका कारण समस्या उत्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ । 
Comments