झापा १ कार्तिक । कमल गाउपालीका ६ मा आज दिउसो मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
कमल गाँउपालीका वडा न. ६ गेउरिया स्थित को २७ प २९८९ नम्बरको मोटरसाईकल र मे १ त ४९६३ नम्बरको पिकअप एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार गौरादह १ का सुवास अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरि कार्यलय दमकले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।



