• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
स्वास्थ्य
दमकमा डेङ्गु रोगको संक्रमीत भेटिएकोले नियन्त्रण गर्न यस्ता प्रयासहरु (भिडियो रिपोर्ट)
प्रकाशित मिति: मंगलबार, आश्विन ३१, २०७४

दमक । क्यूलेक्स प्रजातीको संक्रमित पोथी लामखुट्टेको टोकाइवाट लाग्ने डेङ्गु रोग दमकमा पनि देखिएको छ । केहि समय अघि दमकमा २ जना डेङ्गु रोग देखीएपछि नियन्त्रण गर्न दमक नगरपालिकाले बिभिन्न कार्यक्रम गरिरहेको छ ।

केहि समय अघि झापाको दमकमा पनि डेङ्गु रोगको संक्रमीत भेटिएको खवरपछि दमकमा डेङ्गु नियन्त्रण गर्न बिभिन्न प्रयासहरु भएको पाइन्छ । स्वच्छ र सफा अनि हराभरा नगर बनाउने हो भने दमकमा डेङ्गु नभित्रिने स्थानीयको भनाईको छ ।

दमकमा प्रत्येक वर्ष डेङ्गुका बिरामी आउने गरेको आम्दा अस्पताल दमकका मेडिकल सुपेरिटेण्डेन्ट डा. नविन ढकालको भनाइ छ । 

दमकमा हरेक वर्षनै डेङ्गुका संक्रमित भेटिन थालेपछि दमक नगरपालिका पनि डेङ्गु नियन्त्रण गर्नका लागि बिषेश सजगता अपनाएको छ । दमक नगरपालिकाले डेङ्गु रोग दमकमा भित्रनै नदिनका लागि समय÷समयमा बिभिन्न चेतनामूलक कार्यक्रम गरेर सर्वसाधारणलाई सजग गराईरहेको जनाएको छ । 

क्यूलेक्स प्रजातीको संक्रमित पोथी लामखुट्टेको टोकाईवाट लाग्ने डेङ्गु वाट बच्न आफ्नो घर वरपर सँधै सफा र पानी जम्न नदिने तथा एसि, फ्रिज जस्ता इलेक्ट्रोनिक सामानवाट निस्कने पानी समेत जम्मा हुन नदिने हो भने डुेङ्गका नियन्त्रण गर्न सकिने चिकीत्सकहरुले बताएका छन् ।

भिडियो 

Comments