दमक ३१ असोज । दमक नगरपालिकाले एक वर्ष भित्रमा सवै घरमा विद्युत सेवा पु¥याउने जनाएको छ । सोमबारको नगरसभाले तयार पारेको कार्यक्रम तथा बजेट बारे जानकारी दिन मंगलबार आयोजीत पत्रकार सम्मेलनमा नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले यसका लागि नगरपालिकाले काम शुरु गरेको जनाईन् ।
नगरका सवै वडामा शतप्रतिशत घरमा विद्युत सेवा नपुगेकाले यसै वर्ष भित्रमा विद्युत सेवा पु¥याउने लक्ष्य राखिएको उनले बताईन् । यसका लागि वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदल संयोजक न्यौपानेले नगर क्षेत्र भित्र थप विद्युतीकरणका लागि करिव ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
यसै गरि नगरसभाबाट पहिलो नागरिक घोषणा गरिएको धिमाल समुदायका लागि आवश्यक बजेट व्यवस्था गरिएको कार्यकारी अधिकृत युवराज दाहालले जनाए । धिमाल समुदायसँग छलफल गरि आवश्यकताका आधारमा कार्यक्रमहरु तय गरिने बताए । यस्तै नगर गौरवका योजना कार्यान्वयनमा नगरपालिकाले आवश्यक अग्रसरता लिने पत्रकार सम्मेलनमा जनाईएयो ।
दमक नगरपालिकाको सोमबार सम्मपन्न नगरसभाबाट १ अर्व २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । नगरपालिकाको चालु आर्थिक वर्षका लागि सार्वजनिक बजेटमा १३ करोड १९ लाख ९७ हजार १ सय २० रुपैयाँ आन्तरीक श्रोतबाट प्राप्त हुने जनाईएको छ ।



