धनकुटा, ३१ असोज । धनकुटा नगरपालिका–६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को१प ९८४९ नंको मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को२ त ३५२१ नंको ट्र्याक्टरसंग ठोक्किएर दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटा नगरपालिका–५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



