दमक २९ असोज । तातोपानीमा परेर शरिर पिल्सीएकी २ वर्षिया बालीका आस्मा महत को उपचार हुन थालेको छ ।
झापाको दमकमा रहेको लाईफलाईन अस्पतालले महतको उपचार निशुल्क गराइदिएको हो । बिभिन्न सामाजीक सञ्जालमा आर्थीक अभावका कारण मतेको उपचार हुन नसकेको खबर सार्वजनिक भएपछि सरोकारवालाहरुले चासो दिएर बिरामीको उपचार संभव भएको हो ।
गत दँशैको बेला तातो पानीमा परि शरिर पिल्साएकी आश्माको तत्काले उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल लगेको र त्यहाँ बिरामी राख्ने बेड नभएपछि तत्कालै धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपा लगिएको आश्माकी आमा कुमारी मतेले जानकारी दिनु भयो ।
आमा कुमारीका अनुसार घोपाले तत्काल नगद २० हजार जम्मा गर्न भनेको र उक्त रकम आफुँसग नभएकोले उपचार नै नगराई फर्केाइएको थियो । मोरङ्ग उर्लावारी १ मा बस्ने मते परिवार निर्माण सम्बन्धि काम गरेर जिबिको पार्जन गर्दै आएका छन् ।



