• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
अदृष्य शक्तिले लगातार ढुङा हानेपछि सिगो गाँउनै आतंकित
नगेन्द्रमणी न्यौपाने प्रकाशित मिति: शनिबार, आश्विन २८, २०७४

झापा। झापाको कमल गाँउपालिका स्थित ठुलो बाह्रघरे बजारमा गएको असोज २३ गते सोमवार देखी अदृष्य शक्तिले लगातार ढुङा हान्न थालेपछि सिंगो गाँउनै आतंकित बनेको छ ।

स्थानीय धन बहादुर विक, भिम बहादुर दर्जि, संजय शाह, आत्माराम घिमिरे र चक्र पन्तको घरमा दैनिक ढु्ङा हान्ने गरेको पीडित धन बहादुर विकले जानकारी दिनुभयो । अदृष्य रुपमा एक्कै चोटी घरको छानामा ढुङा हान्ने गरेको विकले जानकारी दिनुभयो ।

अहिले सम्म सवै भन्दा बढि भिम बहादुर दर्जिको घरमा ढुङा हानिरहेको स्थानीयहरुले बताएका छन । स्थानीयले समस्या समाधान गर्न धामी झाक्री लगाउने सल्लाह समेत भइरहेको जनाइएको छ ।

सो समस्या समाधानका लागि झाक्रिले एक किलो माथिका रातो भाले दुइ वटा पोथी एउटा, कालो बोको एउटा र गाईको दुध पाँच लिटर लगायतका समाग्रीहरु माग गरेको स्थानीयले गुनासो गरेका छन ।

घटना हुन थालेको आज छौटौ दिन बिहान ९ बजेपनि फेरि ढुङा हानेको पीडितहरुले बताएका छन । सधै जसो साँझ पख बढि ढुङा हान्ने गरेको अर्का स्थानीय चन्द्रकुमार रिख्यासनले जानकारी दिनुभयो ।

अदुष्य रुपमा ढुङा हान्ने क्रम नरोकिएपछि इलाका प्रहरी कार्यालय दमकको गस्ति टोली समेत विहिबार घटना स्थल पुगेको थियो । तर प्रहरीले कुनै सुराक पाउन नसकेपछि पर्किएको थियो ।

अहिले गाँउको सुरक्षाका लागि साँझको समयमा सयौ स्थानीयहरु भेला भएर लठि टर्च सहित सुरक्षा दिने काम भइरहेको भएपनि घटना कसले घटाएको हो भन्ने कुनै पुष्टि हुन नसकेको स्थानीय गुनासो गरेका छन ।

Comments