• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
उपचार गर्न सहयोगका लागि क्यान्सर पीडित कल्पनाको आग्रह
प्रकाशित मिति: शनिबार, आश्विन २८, २०७४

इनरुवा २८ असोज ।  क्यान्सर पीडित कल्पना राईले आर्थिक अभावका कारण उपचार गराउन कठिनाई भएको भन्दै सबैसंग सहयोगको लागि आग्रह गर्नुभएको छ । 

इनरुवा नगरपालिका वडा ४ घर भई हाल धरान १७ नमस्ते चौकमा माइति घरमा बस्दै आउनु भएकी  राईले आर्थिक अभावका कारण उपचार गराउन कठिनाई भएको भन्दै सहयोगको लागि सबैसंग आग्रह गर्नुभएको हो ।

विगत ७ महिना यता भरतपुर अस्पतालमा उपचार गाराउदै आइरहेको बताउनु भयो ।  हासम्म ६ पटक केमो थेरापी गरिसक्नु भएकी उहाले ७ लाख  आफूले र सरकारले क्यान्सर पीडितलाई दिने सहयोग १ लाख गरी ८ लाख रुपैया सकिएको बताउनुभयो । निम्न आयस्तर का कारण अब थप उपचार गर्ने रकम नहुदा समस्या भएको पीडित राईले बताउनु भयो ।

मेनोलोमा नामको क्यान्सरबाट पीडित राईले अहिले पनि हप्तामा दुई पटक किमो थेरापी गर्दा ९० हजार लाग्ने र औषधि पनि सोही बराबरको लाग्ने भएपनि  आफूसंग त्यत्रो रकम नभएकोले सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभएको हो ।

Comments