पथरी मोरङ् २८ असोज । मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको पुर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।



