• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
स्वास्थ्य
आम्दा अस्पतालमा आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा
प्रकाशित मिति: शुक्रबार, आश्विन २७, २०७४

दमक २७ असोज । झापाको दमकस्थित आम्दा अस्पतालमा निर्माधिन आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जापानिज राजदुतावासको करिब १ करोड र आम्दा अस्पतालको १ करोड गरि दुई करोडको लागतमा निर्माधिन आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

६ शैयामा रहेको आइसियु कक्ष यहि कार्तिकको दोस्रो साताबाट संचालनमा आउने अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर नविन ढकालले बताउनु भयो ।

आइसियु कक्ष संचालनकालागि आवश्यक भौतिक पुर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेको र अहिले उपकरणहरु जडानको काम भइरहेको ढकालले जानकारी दिनुभयो । आइसियु कक्षको यहि कार्तिक ६ गते नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्धघाटन गर्र्ने कार्यक्रम रहेको जनाइएको छ ।

मेचि अंचलमानै सबैभन्दा बढि प्रसुति गराउदै आएको यस अस्पतालमा यस अघि आइसियु सेवा नहुदा विरामीहरु सो सेवा लिनबाट बञ्चित हुदै आएका थिए ।

Comments