• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
राष्ट्रिय
शान्ति सुरक्षाको माग गर्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलीत (भिडियो रिपोर्ट सहित)
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

काठमाण्डौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या पछि  शान्ति सुरक्षाको माग गर्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलीत छन् ।  सुरक्षाको प्रत्याभूति नभएम्म आफुहरु काम गर्न नसक्ने भन्दै उनीहरुले सबै निमार्णका काम समेत ठप्प पारी आन्दोलनमा उत्रीएका छन् ।

गत सोमवार काठमाडौमा निर्माण  व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भयो, अनि त्यसैको भोली पल्ट मंगलवार बेलुका सर्लाहीको कविलासी–३ पिपरियाका सुनचाँदी व्यवसायी सुनिल साहको हत्या भयो । यसरी चरणरुपमा ब्यवसायीहरु अपराधीको निसानामा परिरँदा नागरिक तहमा झन असुरक्षा बढेको सर्वसाधारणले बताएका छन् ।

यता निर्माण ब्यवसायीहरु हामीलाई शान्ती  सुरक्षा चाहियो भन्दै देशभरको निर्माण कार्य नै ठप्प परेर आन्दोलनमा उत्रीएका छन् ।  देशैभरि निर्माण कार्य ठप्प परेर आन्दोलनमा उत्रिएका निर्माण ब्यवसायी माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् । 

देशको  राजधानीमै दिनदहाँडै ब्यापारीको हत्या हुँदा यो घटनाले नेपालको सुरक्षा ब्यवस्थामै ब्यंग्य गरिरहेको छ । संसद भवनको ५ सय मिटर दुरी आसपास भएको यो घटनापछि व्यवसायीहरु असुरक्षीत भएको भन्दै निर्माणको सम्पूर्ण काम ठप्प पारेर आन्दोलनमा छन ।

अपराधी पक्राउ परी कार्वाही नभएसम्म निर्माणको काम रोक्ने, अध्यक्ष गौचनलाई शहिद घोषणा गरिनुपर्ने लगायतका माग राखेर व्यवसायी आन्दोलित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले समस्या समाधानका लागि समन्वय गरिरहेको छ । तर कतिपय विषय गृह मन्त्रालयबाट मात्रै टुंगिने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा बताउँनुहुन्छ । यद्यपी असुरक्षाको डर लिन पर्ने अवस्था भने नरहेको शर्मा पटक पटक दोहोर्याउँछन ।

एकातिर भरपर्दो सुरक्षा नभएर दिनदहाडै नागरिकको हत्या भैरहेको छ भने अर्को तर्फ सरकारी निकाय असुरक्षाको डर लिन नपर्ने बताइरहेको छ । तर ब्यवहारमा सरकारले भनेजस्तो नभएकोले आम नागरिक यतिबेला असुरक्षीत भएको महसुस गर्न बाध्य छन् ।

भिडियो

Comments