• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको गोलाखर्कस्थित एक बाल अनाथलय संकटमा÷ स्रोत र आवास भवनको अभाव
  • पूर्वी नाकामा भन्सारद्वारा चेकजाँचमा कडाई÷चोरी पैठारी घटेको भन्सार प्रमुखको दावी
  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका अधिकांश वडा बर्षौदेखि विद्युत बिहिन
  • झापाको एक विद्यायमा अनौठो संयोग एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी÷शिक्षकलाई छुट्टयाउनै हम्मे हम्मे
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
राष्ट्रिय
नेपाल भारत समन्वय बैठक, अपराध नियन्त्रण गर्न द्धिदेशीय रणनिति
डिल्लीराज पन्त/पप्पु गुरुङ प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

क्ञ्चनपुर २७ असोज ।  नेपाल र भारतका सुरक्षा अधिकारी तथा दुबै देशका जनप्रतिनिधीहरु विच सीमा क्षेत्रमा हुने अपराध रोक्न स्थानिय स्तरमा दुई देश विच रणनिति तयार  गरेका छन् ।

सिमा क्षेत्रमा हुने तस्करी लगायतका अपराधिक कृयाकलाप रोक्न  विहिवार माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको भारतिय सिमा सुरक्षा बल (एसएसवि) क्याम्पमा स्थानिय स्तरमा समन्वय बैठकमा अपराध नियन्त्रण गर्न यस्तो दुवै देश का सुरक्षाकर्मि विच सहमती जनाएका हुन् । 

सशस्त्र सिमा बल ५७ बाहिनी अमृतपुर उत्तर प्रदेश भारत मेलाघाट क्याम्पमा आयोजना गरिएको संयुक्त स्थानिय स्तरमा समन्वय बैठकमा दुवै देशका सुरक्षा अधिकारी तथा जनप्रतिनिधीहरुले सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागु औषध ओसार पसार, वन्य जन्तुको छाला, हड्डी जस्ता अखेटो पहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक मोहन सा“उदले जानकारी दिएका छन् ।

 बैठकमा जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदान प्रदान गर्न, अवैध हात हतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको प्रहरी निरिक्षक सा“उदले बताएका छन् । 

सिमा क्षेत्रमा बेलाबखत कुटपिट तथा भारतिय सुरक्षाकर्मीले नेपाली महिलाहरुमाथी चेक जाँचको बेला दुव्यवहार रोक्न समेत सहमती भएको माहाकाली नगरपालिकाका प्रमुख बिर बहादुर सुनारले जानकारी दिएका छन् । 

बैठकमा नेपाली पक्षबाट ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक मोहन साउद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक भुप बहादुर राना, माहाकाली नगरका प्रमुख बिर बहादुर सुनार, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया, माहाकाली नगरपालिकाका प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, सामुदायिक सुरक्षा समितिका सचिव अमिर तिरुवा सदस्यमा खिमा चन्द, मथुरा पन्त लगायतको उपस्थिति थियो । 

यस्तै, भारतीय पक्षबाट सशस्त्र सिमा बल ५७ बाहिनी अमृतपुर उत्तर प्रदेश भारत एके मेलाघाट क्याम्पका प्रमुख सि मंगेश, सव ईस्पेक्टर भागमल लाल रोय, झनकैया थाना अध्यक्ष भरत सिंह, ग्राम प्रधान उत्तराखण्ड जगदिश सिंह, ग्राम प्रधान उत्तर प्रदेश सिसैयाका हरेन्द्र सिंह लगायत अन्य सुरक्षा अधिकारीको उपस्थिति थियो ।

Comments