• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
मोफसल समाचार
दमक उद्योग वाणिज्य संघले गर्यो १ लाख मूल्य बराबरको सहयोग
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

दमक २६ असोज ।  मोरङको उर्लाबारीस्थित नमुना बाल गृहलाई दमक उद्योग वाणिज्य संघले आज १ लाख मूल्य बराबरको विभिन्न राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

संघले बालगृहमा नै पुगेर खाद्य,औषधीसहित लत्ताकपडाहरु वितरण गरेको हो । तिहारलगायतका चाडपर्वमा बाल गृहका बालबालिकाहरुलाई सहयोग पु¥याँउने उद्देश्यले दाल ,चामल, तेल, नुन, मैदा, चाउचाउ, विस्कुट ,औषधी र लत्ताकपडाहरु प्रदान गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

ती सहयोग सामाग्रीहरु दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारी, संघका अध्यक्ष ढकाललगायतले बालगृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख अधिकारीले बालगृहमा आश्रित बालबालिकालाई संरक्षित गरेर बालगृहले उदाहरणीय सामाजिक कार्य गरेको चर्चा गर्नुभयो ।

उहाँले नगरपालिकाले बालगृहको रचनात्मक कार्यमा भविष्यमा सहयोग जुटाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा संघका अध्यक्ष ढकालले संघले व्यवसायीक हितसंगै सामाजिक कार्यमा समेत आफनो भूमिकालाई थप सक्रिय बनाउदै लैजाने बताउनुभएको थियो ।

उहाँले वालगृहको थप भवन निर्माणका लागि संघका तर्फबाट रु १ लाख सहयोग पु¥याँउने प्रतिवद्धता जनाउनुभयो । राहत हस्तान्तरण कार्यक्रममा बालगृहकी अध्यक्ष बरालले आश्रित बालबालिकाहरुको दैनिक व्यवस्थापनमा सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गर्नुभयो । बालगृहमा अहिले ४६ जना बालबालिकाहरु आश्रित छन् ।

राहत हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सदस्य राजन दंगालले गर्नुभएको थियो ।

 

Comments