• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
राष्ट्रिय
आगामी निर्वाचनमा बामगठबन्धनको स्पष्ट वहुमत : नेता नेपाल
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

काठमाण्डौ २६ असोज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आगामी निर्वाचनमा बामगठबन्धनको स्पष्ट वहुमत आाउने दाबी गर्नुभएको छ । 

नेकपा एमाले बैदेशिक मामिला बिभागले बिहीबार काठमाडौमा गरेको नेपालको विकास र समृद्धिमा ग्रैर आवासीय नेपालीहरुको भूमिका बिषयक अन्तक्र्रियामा नेता नेपालले यस्तो बताउनुभएको हो । उहाले मुलुकलाई समृद्धि र विकासतर्फ अघि बढाउनका लागी राष्ट्रिय एकताको खाचो औल्याउदै बाम गठबन्धन भएको उल्लेख गर्नुभयो ।

उहाले स्थानीय तहको परिणामलाई हेर्दापनि आगामी निर्वाचनमा बामगठबन्धन हाबी हुने भन्दै त्यसपछि मुलुकमा स्थीर सरकार बन्ने बताउनुभयो । नेता नेपालले आगामी निर्वाचनमा काग्रेस ३५ प्रतिशतमा सिमित रहने धारणा राख्नुभयो ।

कार्यक्रममा र्गैर आवासीय नेपालीसंघका प्रतिनिधीहरुले मुलुकमा लगानीको वातावरण बनाउनका लागी स्थीर सरकार बन्नुपर्ने भन्दै यसका लागी राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका थिए । 
 

Comments