• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
मोफसल समाचार
बेवारिसे शिशु जिवितै फेला
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

संखुवासभा २६ असोज । संखुवासभाको खाँदबारी नगरपालिका १ मा नाल सहितको बेवारिसे शिशु जिवितै फेला परेको छ ।

आज बिहान खाँदबारीको फुलपाती चौक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको छ ।

शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ । शिशुलाई जिल्ला अस्पताल खा“दबारीमा राखिएको छ । बेवारीशे शिशु छाडेका सुत्केरी आमाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments