• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
स्वास्थ्य
ईलामको सुर्योदय नगरपालिकामा एक महिनादेखि फोहोर उठ्न सकेन
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

 ईलाम २६ असोज । ईलामको सबैभन्दा धेरै जनसंख्या रहेको सुर्योदय नगरपालिकामा एक महिनादेखि फोहोर उठ्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते पुग्ने सडक क्षतिग्रस्त भएपछि एक महिनादेखि सुर्योदय नगरपालिका क्षेत्रका बजारक्षेत्रमा फोहोरको डंगुर थुप्रिएको छ । सडक क्षतिग्रस्त भएपछि संकलन भएको फोहोर फ्याक्ने अन्य ठाउँको व्यवस्थापन नहुँदा बजार क्षेत्रमा फोहोर थुप्रिएको हो ।

फोहोरमैला व्यवस्थापनका लागि झापा स्थित अभियान नेपाल संस्थाले ठेक्का पाएपनि संकलित फोहोर नउठाएपछि सूर्योदय नगरपालिका क्षेत्रको फिक्कल, पशुपतिनगर, तिनघरे, कन्याम, हर्कटे, शान्तिचौक लगायतका व्यपारिक क्षेत्र दुर्गन्धित भएका छन् ।

दिनमा २ टनसम्म फोहोर संकलन हुँदै आएको सूर्योदय नगरपालिको बजार क्षेत्रमा अहिले जहाँतही फोहोरको थुप्रो लागेको छ । पुरानो डम्पिङ्ग साइटमा फोहोर फ्याक्न नसकिएकाले दूई दिनभित्रमा अर्को डम्पिङ्गसाइटको जग्गा व्यवस्थापन गरि बजार क्षेत्रको फोहोर उठाइने गरिने सूर्योदय नगरपालिकाका मेयर रण बहादूर राईले बताउनुभयो ।   

Comments