• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
गौचनप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त
प्रकाशित मिति: बिहीबार, आश्विन २६, २०७४

काठमाण्डौ २६ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिएको थियो ।

प्रधानमन्त्री शेर वहादुर देउवा , सरकार मन्त्रीहरु , व्यवसायी लगाएतले गौचनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।  महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सरकारले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएपछि नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव परिवारले बुझेका थिए ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् । 

Comments