• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
अन्तर्रा्ष्ट्रिय बालिका दिवस विविध कार्यक्रम गरी मनाइँदै
प्रकाशित मिति: बुधबार, आश्विन २५, २०७४

झापा २५ असोज । अन्तर्रा्ष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।  यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।

अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम हुँदैछ । टेक ओभर कार्यक्रममा तीनसय किशोरी सहभागी हुँदैछन् ।

यो पटक यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाले बहसमूलक रेडियो कार्यक्रम चलाउने अकोराबले जनाएको छ । कार्यक्रममा १४ देखि १९ वर्षसम्का किशोरीको सहभागिता रहनेछ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम राखेको छैन ।

बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालिएको  हो ।  विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ ।

Comments