• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
इलाममा पुवाखोला १ हाइड्रो पावरबाट विद्युत उत्पादन सुरु
प्रकाशित मिति: बुधबार, आश्विन २५, २०७४

इलाम २५ असोज । इलाम नगरपालिका र देउमाइ नगरपालिका क्षेत्रमा रहेको पुवाखोलाबाट उत्पादित पुवाखोला १ हाइड्रो पावरले विद्युत उत्पादन सुरु गरेको छ । 

४ मेगावाट क्षमताको सो जलविद्युत आयोजनाले गत असोज ६ गतेबाट विद्युत परिक्षण उत्पादन सुरु गरेको हो । हाल सो आयोजनाको बालनगाउँ बेँसीमा रहेको पावरहाउसबाट २ दशमलब ८ मेगावाट विद्युत उत्पादन भइ काबेली कोरिडोर अन्तर्गत गोदकस्थित सबस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हाइड्रो पावरको निर्माणको काम पुरा भइसकेको प्रवद्र्धक कदम केसीले बताउनुभयो । इन्टेक, पावरहाउस र अन्य केहि स्थानमा निर्माण सम्पन्न गरि परीक्षण विद्युत उत्पादन थालिएको हो ।

पुवाखोलाको पानीलाई सदुपयोग गरी विद्युत उत्पादनका लागि आयोजनाले शान्तिडाँडा बेँसीमा इन्टेक निर्माण गरि लामो पाइपलाइनबाट पावरहाउससम्म पानी पु¥याएको छ । १०८ मिटर हेड रहेको पेनस्टक पाइपबाट पावरहाउसमा विद्युत उत्पादन गरिएको हो ।

पावरहाउसदेखि उत्पादित विद्युतलाई गोदकको सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्नका लागि साढे ६ किलोमिटर प्रसारण लाइन निर्माण गरि केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।

२०७२ बैशाखदेखी शुरु भई २०७३ पुष महिनामा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको जग्गा विवाद र प्रसारण लाइन निर्माण ढिलाइका कारण असोजमा मात्र निर्माण सम्पन्न भएको हो । पुवाखोला १ हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा सम्पन्न आयोजनाको लागि सिदार्थ बैङ्क र सिटिजन बैङ्कले लगानी गरेका छन् । 

Comments