• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
मोफसल समाचार
बाढीपीडित बालबालिकाको शिक्षाका लागि धरानमा ‘कन्सर्ट'
प्रकाशित मिति: मंगलबार, आश्विन २४, २०७४

धरान । सुनसरीका बाढीपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले धरानका युवाहरुले ‘कन्सर्टको आयोजना गर्ने भएका छन् ।

गत साउनमा आएको अविरल बर्षाबाट इटहरी गैरीगाउ टोलका प्रभावित बालबालिकालाई लक्षित गरी असोज २८ गते ‘फेस्टिभल इन्टरटेन्मेन्ट म्युजिकल लाइभ कन्सर्ट’ धरान १२ पब्लिक माविको प्रांगरणमा गर्न लागेको हो ।

चाडबाडको समयमा मनोरञ्जनात्मक कार्यक्रमसंगै युवा पुस्ताले पनि केही गर्न सकुन भन्ने उद्देश्यले कन्सर्टबाट उठेकोे रकममध्ये ५० हजार त्यस टोलका बालबालिकाको शिक्षाका लागि खर्च गर्ने कार्यक्रमका संयोजक श्री सुब्बा जवेगुले बताउनुभयो ।

समाजले इटहरी–४ गैरीगाउ“को ६३ घरपरिवारलाई शैक्षिक समागंी प्रदान गर्ने समेत उहाले बताउनुभयो । कन्सर्टमा चर्चित र्यापर लाउरे, गायक कमल खत्री र धरानको आउटसाइडर्स व्याण्डसहित स्थानीय व्याण्डहरुको प्रस्तुती रहने छ ।

Comments