• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
राष्ट्रिय
गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी
प्रकाशित मिति: मंगलबार, आश्विन २४, २०७४

काठमाण्डौ २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

रफत सञ्चार क्लबद्वारा भक्तपुरमा आज आयोजित साक्षाात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताउनुभयो ।

 अध्यक्ष गौचनको हत्यासगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उहाले बताउनुभयो

। उहाले  सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा  ल्याउन आग्रह गर्नुभयो । हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझने समते चेतावनी उहाले दिनुभयो । 

Comments