• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
आज विश्व मानसिक दिवस मनाईंदै
प्रकाशित मिति: मंगलबार, आश्विन २४, २०७४

दमक २४ असोज । कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व मानसिक दिवस मनाईंदैछ । 

सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो ।

विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । संगठनका अनुसार हरेक चारजना मध्य एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।

सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहन मनोविमर्शकर्ताले सुझाव छ । आफ्नो दैनिकीमा आएको परिवर्तनले असर गर्न थाले मानसिक रोगको संभावना उच्च हुने मनोचिकित्सक ऋषभ कोइरालाले बताउनुभयो ।

एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार परिवर्तन हुनु यी समस्याका लक्षण हुन् । 

Comments