• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
९८ हजार युवालाई म्यादी प्रहरीमा जागिर खुल्यो,यस्ताे छ सेवा सुविधा
प्रकाशित मिति: मंगलबार, आश्विन २४, २०७४

काठमाण्डौ २४ असोज । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि  म्यादी प्रहरीको भर्ना आवेदन खुला भएकोे छ । 

 मंसिर १० र २१ गते हुने भनिएको चुनावका लाई ९८ हजार ३ य ६८ युवाका लागि नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरी भर्ना आवेदन खुलाएको हो ।

विभागका अनुसार इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले आउँदो ३० गते बेलुका ५ बजेसम्म आवेदन दिन सक्ने विभागले जनाएको छ । दस रुपैयाँको टिकट टासी निवेदन काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्नेछन् ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेका र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिक आवेदनका निम्ती योग्य हुनेछन् ।

चुनावमा खटिने म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुनेछ । उनीहरुले प्रहरी जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने छन् ।

ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन २५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ ।

Comments