• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
बाजुरामा आगलागी, ६ घर जलेर नष्ट
प्रकाशित मिति: मंगलबार, आश्विन २४, २०७४

 बाजुरा २४ असोज । बाजुराको स्वामिकार्तिक गाउँपालिका–३ जुकोटको दलित बस्तीमा गएराति आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । 

घरबाहिर बालबालिकाले आगो खेलाउने क्रममा बस्तीमा आगलागी भएको हो । आगलागीबाट खन्टे कामी, नरे कामी, हर्मले कामी, धनबहादुर कामी, धनराज कामी र गोरे कामीको घर जलेर नष्ट भएको छ ।

आगलागीमा घरमा रहेका खाद्यान्न लगायत सम्पूर्ण सामग्री पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले बताउनुभयो । सदरमुकाम मार्तडीबाट दिुई दिनको पैदल दूरीमा यो बस्ती रहेको छ । आगालागीपछि बिस्थापित परिवार अरुको घरमा बसेका छन् । 

Comments