• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
राष्ट्रिय
देउवा सरकारमा राप्रपा
प्रकाशित मिति: सोमबार, आश्विन २३, २०७४

काठमाण्डौ २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ ।

सोमबार बिहान बसेको कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । कार्यसम्पादन बैठकमा अध्यक्ष थापाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराउनुभएको थियो ।

पार्टीले पाउने चार मन्त्रालय टुंगो लगापछि पुन कार्यसम्पादन बैठक बसी सरकारमा सहभागी हुने सांसदहरुको टुंगो लगाउने राप्रपाको तयारी छ । राप्रपाका प्रवक्ता भुवन पाठकले भने सरकारका बिषयमा पार्टीभित्र छलफल छलफल गर्दे आवश्यक निर्णण्मा पुगीने जानकारी दिनुभयो ।

सत्ता गठबन्धन पार्टी माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण सहितको एजेन्डा बोकेर चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न विभिन्न समूहसँग तीब्र छलफल गर्नुभएको थियो ।  सोही अनुरुप देउवाले माओवादी केन्द्रीका मन्त्रीहरुलाई बर्खास्त गरी राप्रपालाई सरकारमा सहभागी गराउन लाग्नु भएको हो । 

Comments