• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
खेलकुद
एसिया कप फुटवल छनौट खेल्न नेपाली टोली ताजकिस्तान जांदै
प्रकाशित मिति: शुक्रबार, आश्विन २०, २०७४

काठमाण्डौ २० असोज । एसिया कप फुटवल छनौट खेल्न नेपाली टोली आज बेलुकी ताजकिस्तान जांदैछ । नेपालले आउदो मंगलबार ताजकिस्तानसग उसैको मैदानमा खेल्नेछ ।

नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ एन्फाले आजै बिदाई गर्दैछ । नेपाल एक महिनाअघि काठमाडौमा भएको खेलमा ताजकिस्तानसंग पराजित भएको थियो । नेपाली टोलीमा टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने, र विकेश कुथु छन् ।

यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ्ग, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् भने मिडफिल्डरमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् ।

यस्तै, फरवार्डमा विमल घर्तिमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् । छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ ।

यमनको ५ र ताजकिस्तानको ३ अंक छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एशिया कप फुटबल खेल्न पाउने छन् ।

Comments