• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
अर्गेली खेतीबाट किसानले राम्रो आम्दानी गर्दै
प्रकाशित मिति: बुधबार, आश्विन १८, २०७४

ईलाम । नेपाली काजग बनाउन कच्चापदार्थका रुपमा प्रयोग हुदै आएको अर्गेली खेतीबाट इलामका किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन । अन्नबाली मकै र आलुको खेती छाडेर इलामको लेकाली गाउँका किसानले व्यवसायिक अर्गेली खेती गरेपछि उनीहरुले राम्रो आम्दानी गर्न थालेसंगै आत्मनिर्भर समेत बन्दै गएका हुन् ।

अन्नबाली मकै र आलु बाली लगाउने बारीमा यस क्षेत्रका किसानले अर्गेली खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको पाँचथरका जिल्ला वन अधिकृत भरत श्रेष्ठले बताउनुभयो । मकै र आलु खेतीबाट तीन महिना मात्रै खान पुग्ने र बाँकी ९ महिना ज्याला मजदुरी गरी घरपरिवार चलाउने गरेका यस क्षेत्रका स्थानीयहरु पछिल्लो समय अर्गेली खेतीतिर आर्कषित भएका हुन ।

यस क्षेत्रमा उत्पादन भएको अर्गेलीको लोक्ता गाउँमै व्यापारीले प्रतिकिलो ८० रुपैयाँदेखि सय रुपैयाँसम्ममा खरिद गर्न थालेपछि बजार र मुल्यमा समस्या नभएको किसानले बताएका छन् । अर्गेली हाते कागज बनाउन प्रयोग गरिने विशेष प्रकारको बनस्पती हो । 

Comments