• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
स्वास्थ्य
महोत्तरीमा ३९ जनामा डेंगुको संक्रमण
प्रकाशित मिति: बुधबार, आश्विन १८, २०७४

महोत्तरी १८ असोज । महोत्तरीमा ३९ जनामा डेंगुको संक्रमण भेटिएको छ । बर्दिवास अस्पताल र एक निजी अस्पतालका बिरामीको परीक्षण गर्दा ३९ जनामा डेंगु रहेको पुष्टि भएको हो ।

डेंगुको रोगी फेला परे लगतै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तत्काल रोग नियन्त्रणका प्रयास थाल्न लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नागेन्द्र यादवलाई निर्देशन दिनुभएको छ ।

स्वास्थ्य मन्त्रीको निर्देशन आउनासाथ डा. नागेन्द्र यादवले डेंगुको चिकित्सकीय उपचार सुरु गरिसकेको र त्यस मध्ये केही बिरामीलाई काठमाडौंको टेकुमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि पठाइसकिएको छ ।

डेंगुका बिरामीहरु पहिचान भएको मध्ये २६ जना बर्दिवासकै हुन् भने अरु लालबन्दी, महेन्द्रनगर र सिन्धुलीका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments