• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने
प्रकाशित मिति: बुधबार, आश्विन ११, २०७४

दमक ११ असोज । दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।  राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था बिदाको दिनमा पनि खुलेका हुन ।

राष्ट्र बैंकको निर्देशन अनुसार ११ गते फूलपाती, १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्नेछन् । दसैँमा सानिमा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको छ ।

बंगलादेश बैंकले देशभरिकै शाखा ११ बजेदेखि १ बजेसम्म खोल्ने तयारी गरेको छ । मेगा, सानिमा, एनआईसी एसिया, प्रभु, एभरेष्ट, सिटिजन, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलाई सेवा दिने कार्य तालिका बनाएका छन् ।

१३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

Comments