कञ्चनपुर ११ असोज । दशै–तिहार खर्च जुटाउनका लागि खसी–बोका बिक्रि गर्न भित्रि मधेश मलासका किसानहरु क्ञ्चनपुरको सदरमुकाम महेन्द्रनगर आएका छन् ।
बर्षभरी मेहनत गरेर बाख्रा पालेका कृषकहरु तिहार खर्च जुटाउनका लागि महेन्द्रनगर बजार आएका हुन् ।
कञ्चनपुरको उत्तरी क्षेत्र संगै जोडिएको मलास चुरे क्षेत्रका स्थानियहरु खसी बोका बेच्नका लागि यतीबेला महेन्द्रनगर, सुडा, दैजी, झलारी, ब्रम्हदेव लगायतका बजारमा घुम्दै खसि- बोका बेच्दै आएका छन् ।

सदरमुकाम महेन्द्रनगरमा खसि बोका खरिद विक्री गर्ने निश्चित स्थान नभएका कारण बाख्रा पालक किसान महेन्द्रनगर लगायत आसपासका बजारमा घुम्ती कारोबार गरिरहेका छन् । धेरैजसो कृषकहरु खसि बोकालाई राजमार्ग किनार ,बसपार्कक्षेत्र अस्पताल चोक , नगरपालिका अगाडि लगायतका खुला क्षेत्रमा ल्याई विक्रवितरण गर्ने गर्दछन ।
पहाडी मलास क्षेत्रमा ग्राहक नजाने भएकाले संगै बाख्रा लिएर सदरमुकाम महेन्द्रनगर लगायत क्षेत्रमा आएको र स्थानिय निकायले मण्डिमै खसि वोकाको कारोवार गर्ने स्थानको प्रवन्ध मिलाउन व्यवसायि तथा वाख्रापालन गर्ने कृषक बताउछन ।
बिक्रि गर्ने निश्चित स्थान नभएका कारण उनीहरुलाई झन्झट र दिनभरी बजार क्षेत्र लगायतका स्थानहरुमा लैजानुपर्ने बाध्यता छ । मासु बितरण हुने महेन्द्रनगर मण्डीमा काटेको मासुको मात्रै कारोबार हुने भएपछि त्यहँ जिउदै बाख्राको खासै कारोबार हुदैन ।
यसरी हरेक बर्ष दशै तिहारका बेला मलास चुरे क्षेत्रका स्थानिय बाख्रा पालन कृषकहरुले बिक्रि गरेका बाख्राबाट दैनिक परिवारको खर्च समेत संचालन गर्दै आएका छ्न ।




