• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
स्वास्थ्य
दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण
प्रकाशित मिति: मंगलबार, आश्विन १०, २०७४

चितवन १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार ८१७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका हुन ।

साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमित मध्ये भरतपुर अस्पतालमा ६४, बकु लहर अस्पताल रत्ननगरमा ९, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिनु भयो ।

यही अवधिमा दुईजनाको मृत्यु भएको थियो । मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोकेमा यो रोग सर्ने गर्छ । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ ।

केसीका अनुसार सोही समयमा ११ जना डेंगु संक्रमित भेटिएका छन्। ४८७ जनाको परीक्षणमा सो संख्यामा डेंगु संक्रमित भेटिएको उहाले बताउनु भयो । कार्यालयका अनुसार इन्फ्लुन्जा एचवान एनवानबाट संक्रमित ३९४ जना भेटिएका छन्।

बर्षको जुन महिनामा १६, जुलाईमा ११८ जना र अगस्टमा २६० जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ । 

Comments