• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
स्वास्थ्य
महाकाली अञ्चल अस्पतालमा ३ दिन देखि ओपिडि सेवा वन्द, विरामी मार्कामा
डिल्लीराज पन्त प्रकाशित मिति: आइतबार, आश्विन ८, २०७४

कञ्चनपुर,८ असोज ।  विगत तिन दिन देखि महाकाली अञ्चल अस्पतालको ओपिडि सेवा ठप्प भएको छ ।

सरकारले गरेको निर्णयको विरोध गर्दे अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले सुक्रबार ओपिडि सेवा ठप्प पारेका छन ओपिडि सेवा सञ्चालन हुन नसक्दा अस्पताल आउने विरामीहरु निजि क्लिीनिक जान थालेका छन भने सिकिस्त भएका विरामी भारत तिर उपचार गर्न वाध्य भईरहेका छन ।

चिकित्सकहरुले आकस्मीकका सेवा वाहेक अन्य सवै सेवा कञ्चनपुरका दुर्गम गाँउबाट मात्र नभई छिमेकी अन्य जिल्लाबाट उपचारका लागि आएका विरामी तथा विरामीका आफन्त मार्कामा परेका छन ।

टाढा टाढाबाट सिमित पैसा वोकेर आएका विरामीहरु आर्थिक अभावका कारण आफन्तसंग ऋण मागेर  निजि क्लिनीकमा उपचार गर्न वाध्य भईरहेका छन भने कतिपय विरामी उपचार नै नगरी घर फर्कन वाध्य भईरहेका छन । 

असोज २ गते सरकारले चिकित्सकहरुको लापरबाहिवाट विरामी को मृत्यु भए त्यसको क्षतिपुर्ति सम्वन्धित चिकित्सकबाट असुल गर्ने गरी विधेयक तयार गर्न सव्स्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सक आन्दोलित भएका हुन ।

चिकित्सक आन्दोलित भएपछि विरामिहरु उपचार गर्न समेत नपाउदा दुखी भएका छन । उता चिकित्सकले आफुहरुलाई मात्र लक्षीत गरी विवादास्पद निर्णय सरकारले फिर्ता नगरुन्जेल सेवा सुचारु नगर्ने बताउदै आएका छन 

Comments