• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
स्वास्थ्य
सरकारको निर्णय, चिकित्सक आन्दोलनमा,बिरामीहरु समस्यामा
प्रकाशित मिति: शनिबार, आश्विन ७, २०७४

झापा ७ असोज । मन्त्रीपरिषद्को निर्णय विरुद्ध नेपाल चिकित्सक संघ चितवन शाखाले आन्दोलन थालेपछि उपचारका लागि आउने बिरामीहरु समस्यामा परेका छन् । चिकित्सहरुले आकस्मिक बाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि टाढा टाढाबाट उपचारका लागि आउने बिरामीले दुख पाएका हुन् । 



चिकित्सकहरुले चितवनका सबै स्वास्थ्य संस्थामा सेवा ठप्प पार्दा विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामी सास्ती खेप्न बाध्य भए । पैसा सापटी लिएर भान्जाको खुट्टाको उपचार गर्न शक्तिखोरबाट अस्पताल आएका बिरामीका आफन्त शिवलाल चेपाङ अस्पतालको सेवा नै ठप्प पारेर बिरामीलाई दुख दिने काम गर्न नहुने बताउनुहुन्छ । 

असोज २ गते मन्त्रिपरिषद् बैठकले चिकित्सकहरुको लापरबाहीबाट बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ती चिकित्सकबाट तिराउने गरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् । ऋण खोजेरै भएपनि उपचारका लागि आउने बिरामीहरु उपचार नगरि फर्किनु पर्दा दुखी भएका छन् । 

नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने भन्दै आन्दोलन थालेको छ । आफ्ना माग पुरा गराउने नाममा बिरामीको स्वास्थ्यमा नै प्रभाव पर्ने गरि गरिएको आन्दोलनले आम नागरिक भने सन्तुष्ट छैनन् 

Comments